भक्तपुर, १६ वैशाख । भक्तपुरको कमलविनायक बसपार्क नजिकै गएराती साढे १ बजे ३ जना सवार बा ७४ प ८६ ६१ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा तीनै जना घाइते भएका छन् । मोटरसाइकल चालक भक्तपुर लिवालीका २७ बर्षीय बिक्रम छेताला, पछाडी सवार २४ बर्षीय राकेश गाइजु र २५ बर्षीय विजय गाइजु घाइते भएका हुन् । घाइते मध्ये बिक्रमको मध्यपुर अस्पताल ठिमीमा र राजेशको अन्नपुर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भैरहेको छ । विजय भने उपचार पश्चात डिस्चार्ज भइसकेका छन् । मोटरसाइकलमा सवार तीनै जनाले मदिरा पिएको खुल्न आएको छ

