ब्राजिल र अर्जेन्टिना भिड्दै आज

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज दक्षिण अमेरिकी फुटबलका दुई ठुला टोली ब्राजिल र अर्जेन्टिना आमनेसामने हुँदैछन् । अष्ट्रेलियामा हुने उक्त खेलमा ब्राजिलले आफ्ना केहि महत्वपूर्ण खेलाडीलाई विश्राम दिएको छ ।
नेपाली समयानुसार दिनको ३ बजे सुरु हुने खेलमा अर्जेन्टिनाको कप्तानी लियोनल मेस्सीले गर्नेछन् भने ब्राजिलको कप्तानीको जिम्मा फिलिप कुटिन्होले पाएका छन् ।

अर्जेन्टिनाका लागि प्रशिक्षक जोर्गे साम्पाओलीको यो पहिलो अन्तर्रा्ष्ट्रिय खेल हुनेछ र उनले सुखद नतिजासँगै आफ्नो करियरको सुरुवात गर्ने चाह देखाएका छन् ।
ब्राजिलका प्रशिक्षक टिटेले यस खेलका लागि फरवार्ड नेयमार, रोबर्टो फिर्मिनो र डिफेन्डर ड्यानी आल्भेस, मार्सेलो र मार्कीन्होसलाइ विश्राम दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here