ब्राजिल बराबरीमा रोकियो

एजेन्सी । कोपा अमेरिकामा आयोजक ब्राजिलले भेनेजुएलासँग मंगलबार गोलरहित बराबरी खेलेको छ । समूह ए को यो खेलपछि ब्राजिल चार अंकसहित शीर्ष स्थानमा छ । ब्राजिलले खेलका अवधिमा केही राम्रा मौका सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन्। यसअघि यसै समूहको अर्को खेलमा पेरुले भेनेजुएलालाई ३–१ ले हरायो। यो जितपछि पेरुको पनि चार अंक भएको छ र ब्राजिलपछि लिग तालिकाको दोस्रो स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here