ब्राजिलको एउटा क्लबमा अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको मृत्यु

काठमाडाैं, १४ माघ – ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्रो डो गागा क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा २ बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य कयौं घाइते भएका छन् ।

बन्दुकधारीहरु लागू औषध तस्करीमा संलग्न युवाहरु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पछिल्लो समय ब्राजिलमा  आक्रमण र हत्याका घटनामा वृद्धि भइरहेको प्रति स्थानीय सरकारले चिन्ता व्यक्त गरेको छ । गत वर्ष मात्रै सिएरा प्रान्तमा ५ हजार १ सय १४ वटा हत्याका घटना घटेका थिए ।

जुन सन् २०१६ को तुलनामा ५० प्रतिशतले बढेको जनाइएको छ । सन् २०१५मा ब्राजिलको सिएरा प्रान्तकै एउटा क्लबमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको थियो । मारिनेमा अधिकांश किशोरकिशोरी थिए ।

-एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here