ब्राजिलिया:ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरलाई भ्रष्टाचारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । राजनीतिकर्मी र कर्मचारीतन्त्रका विचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको अभियोगमा उहाँलाई पक्राउ गरिएको हो ।
उहाँलाई साओ पाउलोस्थित आफ्नै निवासमा रहेकै बेला पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन् । त्यसपछि उहाँलाई संघीय प्रहरीले रियो दि जेनेरियो लगेको छ ।
पुर्वराष्ट्रपति टेमर सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बन्नु भएको थियो । पदमा बहाल रहेकै बेला उहाँलाई भ्रष्टाचारको अभियोग लागेपछि पदमुक्त हुनुभएको थियो ।
उहाँलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् । उहाँले आफुमाथि लगाइएको आरोप अस्वीकार गर्दै आउनुभएको छ ।
यस्तै अभियोगमा अन्य राजनीतिज्ञहरु पनि पक्राउ परेका छन् । यसरी पक्रा पर्ने प्रमुख राजनीतिज्ञमा पुर्वराष्ट्रपति लइज इनाकिओ जुला डा सिल्भा र पुर्व खनिज तथा उर्जा मन्त्री मोरेइरा फ्रान्सोलाई पनि पक्राउ गरिएको छ ।

