माघ ५ नेपालगञ्ज बाँके
सिमा प्रहरी चौकी जयसपुरको विशेष सुराकीका आधारमा आज नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगर बस्ने बर्ष ३९ का बिकास पौडेललाई दिउँसो २ बजे पक्राउ गरेको सिमा प्रहरी चौकी जयसपुर प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक भिम बहादुर खड्काले जानकारी दिएका छन् ।
प्रहरी नायब निरीक्षक खड्का का कमान्डको टोलीले पौडेललाई कोरियनपुर भेरी प्राबिधिक शिक्षालय स्थित बाट पक्राउ गरेको हो। पौडेलबाट भे ६ प १९२१ नम्बरको २२० सिसि पल्सर मोटरसाईकल र दुई पुडिया ( लगभग १ ग्राम ) ब्राउन सुगर बरामद गरिएको प्रहरी नायब निरीक्षक खड्काले बताए।
रुपईडिहाबाट पौडेलले ब्राउनसुगर लिएर आउँदै गरेको सुचना पाएर सिमा प्रहरी चौकिको टोलि ले उनको पिछा गर्दा कोरियनपुरमा पक्राउ गर्न सफल भएको हो।

