ब्राउनसुगर र पाँच लाख नगदसहित तीन जना पक्राउ

काठमाडौं,२३ पुस । प्रहरीले लागुऔषध ब्राउनसुगर र करिव पाँच लाख नगदसहित काठमाडौँको सुकेधाराबाट तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले सुकेधारामा बा७७प ९९०६ र बा९२प १८२० नम्बरका स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा राखेको उक्त लागूऔषध र नगदसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा टोखा नगरपालिका–६, धापासी बस्ने ३० वर्षीय तीर्थनाथ उपाध्याय, बौद्ध बस्ने ३५ वर्षीय धर्मराज लामा र पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्की रहेका छन्।

उनीहरुको साथबाट लागूऔषध ब्राउनसुगर अन्दाजी १० ग्राम, चरेश अन्दाजी १० ग्राम, चक्कु २ थान तथा लागूऔषध सेवन गर्न प्रयोग हुने बिभिन्न किसिमका सामान र ४ लाख ७३ हाजर १ सय नेपाली रुपैयाँ, १ हजार ४ सय भारतीय रुपैयाँ, २० अमेरिकी डलर, नेपाल बैंक लिमिटेडको १ लाखको चेक १ थान र डिजिटल क्यामेरा १ थान समेत बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीन जानलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here