बोलेरो दुर्घटनामा १ जनाको मृत्यु, ११ घाइते

काभ्रे,२७ भदौं– काभ्रेपलाञ्चोकमा जीप दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

बल्थलीबाट पनौतीतर्फ गइरहेको बा ९ च ७२७७ नंको जीप गएराति काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ खोपासी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका एकजनाको सनाखत हुन बाँकी रहेको र घाइतेहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो । घाइतेमध्येका २ जनालाई ट्रमा सेन्टरमा थपउपचारकालागि सिफारिस गरी पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here