बैद्य माओवादीले गर्योःमुलुकमा व्याप्त महँगी, भ्रष्टाचार र तस्करीको अन्त्य गर्न माग

काठमाडौँ, १७ असार- नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले मुलुकमा व्याप्त महँगी, भ्रष्टाचार र तस्करीको अन्त्य गर्न माग गरेको छ ।

यही असार १२ देखि १६ गतेसम्म पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको केन्द्रीय समितिको बैठकबारे जानकारी गराउँदै माओवादीले विभिन्न रुपमा जनताको विरोध प्रदर्शन गर्ने अधिकारमाथि अंकुश नलगाउन र काठमाडौँलगायत देशका विभिन्न भागमा विरोध प्रदर्शन गर्ने अधिकारलाई निषेध नगर्न सरकारसँग अपिल गरेको छ ।

केन्द्रीय समिति बैठकले पार्टी सुदृढीकरणको कामलाई केन्द्रबिन्दुमा राखी संगठन विस्तार गर्ने, सुदृढीकरणका कामलाई केन्द्रीय समितिबाट शुरु गरी तलसम्म पु¥याउने र सो कामलाई वैचारिक तथा सांगठानिक दुवै दृष्टिले आत्मालोचना, आलोचनाको मान्यता, एकता, संघर्ष मुख्यतः रुपान्तरणको पद्धति एवं जिम्मेवारीपालनको कसीद्वारा अगाडि बढाउनेलगायत निर्णय गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here