बैंकहरुबीच खिचातानी सुरु

काठमाडौं,२५ फागुनःबैंकहरुबीच निक्षेपको व्याजदरको विषयमा खिचातानी सुरु भएको छ । नेपाल बैंकर्स संघले व्याजदर तोक्ने र केही बैंकले नमान्ने घोषणा गरेपछि खिचातानी सुरु भएको हो । वित्तीय प्रणालीमा तरलता अभावको समस्या बढ्दै गएपछि बैंकहरुबीच यस्तो समस्या देखिएको हो ।

संघले करिब एक महिनाअघि मुद्धती निक्षेपको व्याजदर ११ प्रतिशत र गतसाता साधारण बचतको ब्याजदर ८ प्रतिशत भित्र राख्नुपर्ने ‘भद्र सहमति’ बैंकहरुबीच गरेको थियो । तर, एनआइसी एसियाले बिहीबारदेखि लागू हुने गरी साधारण बचतको व्याजदर १० प्रतिशत र मुद्धती निक्षेपको व्याजदर १२ प्रतिशत पुर्‍याएको छ ।
यो विषयमा आपत्ति जनाउँदै संघको शुक्रबार बसेको बैठकले एनआइसी एसिया बैंकसँग कुनै पनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको छ । यी विवाद सार्वजनिक भएपछि बजारलाई स्वतन्त्र राख्न नदिई वित्तीय क्षेत्रमा ‘कार्टेलिङ’सुरु भएको टिप्पणी विज्ञहरुले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here