बेंसीसहरमा सुतुली वम

लमजुङ,२ मंसिर– लमजुङको बेंसीसहरस्थित ठाडोलाइनमा आज बिहान कित्ली बम फेला परेको छ । नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको छ ।

मर्स्याङ्दी पारी बाँझखेत जाने बाटो, लमजुङ जिल्ला सामुदायिक अस्पतालको गेट नजिकै चाउचाउको कार्टुनभित्र राखिएको कित्ली बमलाई नेपाली सेनाको डिष्फोजल टोलीले आज बिहान साढे १० बजेतिर निष्क्रिय गरेको हो ।

सेनाका अनुसार कित्लिभित्र बालुवा राखेर बालुवाभित्र सुतली राखेर बनाइएको बमलाई २ पटकको प्रयासमा निष्क्रिय पार्न सफल भएको प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here