काठमाडौं, २१ असोज– बृहत लोकतान्त्रिक गठबन्धनको कार्यदलको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बलुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकले निर्वाचन क्षेत्र बाँडफाँडको विषयमा छलफल गर्ने कार्यदलमा सम्मिलित लोकतान्त्रिक फोरमका नेता गोपाल दहितले जानकारी दिनुभयो ।
यसअघि हिजो दुई चरणमा बसेको कार्यदलको बैठकमा पनि सोही विषयमाथि छलफल भएको थियो । सत्ता नेतृत्वकर्ता दल कंग्रेस सहित ६ दल आवद्द कार्यदलले सिटको बाँडफाँडका आधारमा मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुट्ने तयारी तीब्र बनाएको छ ।
कार्यदलका सदस्य मिनेन्द्र रिजालले सिट बाँडफाँडका विषयमा एक चरणको छलफल सकेपछि शिर्ष तहमा बैठक बसेर टुंगो लगाईने जानकारी दिनुभयो ।

