बुहारीले ढुंग्रोले हिर्काउँदा ससुराको मृत्यु

काठमाडौँ, २४ माघ। अंशबण्डाको बिषयमा विवाद हुँदा बुहारीले फलामको ढुंग्रोले हिर्काउँदा ससुराको मृत्यु भएको छ ।

ओखलढुङ्गा को सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा बुहारी ३० वर्षकी तारादेवी गुरुङले फलामको ढुंग्रोले हिर्काउँदा ससुरा ७० वर्षीय रामकाजी गुरुङको मृत्यु भएको हो ।

प्रहरीले आज बुहारीलाई पक्राउ गरेको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here