‘बुलबुल’अष्ट्रेलियामा

नेपाली कथानक चलचित्र ‘बुलबुल’ अब अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । अप्रिल ७ र ८ तारिकमा ‘बुलबुल’ अष्ट्रेलियाको मेलवर्न सहरमा प्रदर्शन हुने भएको छ ।

सिड्नीमा अप्रिल ६ र ७ मा प्रदर्शन हुनो चलचित्र एडलेडमा अप्रिल ७ मा प्रदर्शन हुने निर्देशक विनोद पौडेले जानकारी दिए ।

नेपालमा राम्रो समीक्षा पाएको चलचित्रले हलमा पनि दर्शकको राम्रै साथ पाएको थियो । नेपालबाट ‘बुलबुल’ले डेढ करोड बढी कलेक्सन गरेको थियो । विनोद पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का र मुकुन भुषाल मुख्य भूमिकामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here