काठमाडौं, २७ बैशाख– बुद्ध जयन्तीका आवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्रगौरव र अमरज्योति गौतम बुद्धको जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपाली तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले दुई हजार ५६१ औँ बुद्ध जयन्ती पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले मुखैमा आएको निर्वाचनलाई सम्बन्धित सबै पक्षबाट उत्साहका साथ सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको विकल्प नरहेको बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिनुहुँदै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो भन्नुभएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीका अवसरमा बौद्ध धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

