बुढासुब्बा गोल्डकपमा थ्री स्टारका क्याप्टेन लामाको खुट्टा भाँचियो

सुनसरी : बुढासुब्बा गोल्डकपको फाइनलमा नेपाल प्रहरीको विभागीय टोली पुलिस क्लबका खेलाडी हेम तामाङको ट्याकलबाट घाइते भएका थ्री स्टार क्लबका क्याप्टेन बिक्रम लामा अस्पताल भर्ना भएका छन्।

शनिबार धरानमा सम्पन्न बुढासुब्बा गोल्डकपको तनावपूर्ण फाइनल खेलमा घाइते भएका हुन्। उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। दाहिने खुट्टा भाँचिएर गम्भीर घाइते भएका उनलाई थप उपचारको लागि काठमाडांै लैजाने तयारी भइरहेको सुनसरी जिल्ला फुटबल संघ सुनसरीका कोषाध्यक्ष कोवितजंग कार्कीले बताए।

फाइनल खेलको पहिलो हाफको २५औँ मिनेटमा लामालाई पुलिसका खेलाडी हेम तामाङले ट्याकल गरेपछि उनी घाइते भएका थिए। घाइते लामालाई तत्काल मैदानबाटै वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो। यसैबीच बुढासुब्बा गोल्डकपको बिजेता थ्री स्टार क्लबले पाएको ६ लाख रुपैयाँ घाइते लामालाई समर्पित गर्ने जनाएको छ।
यस्तै, सर्वोत्कृष्ट खेलाडी निराजन खड्काले पाएको यमाहा कम्पनीको मोटरसाइकल पनि लामाको उपचारमा सहयोग गर्ने जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here