काठमाडौं, १२ पुस । साताको अन्तिम दिन बिहीबार सेयरबजार स्थीरजसो रह्यो । बजार परिसूचक नेप्से सामान्य अंकले ऋणात्मक रहेपनि कारोबार भने अर्ब नाघ्यो ।
उतार–चढावबीच नेप्से एक अंकले ऋणात्मक रहेर १२ सय १५ कायम भएर थामियो । अघिल्लो दिन नेप्से उच्चदरले उकालो लागेको थियो । यसदिन बढीजसो समूह ऋणात्मक रहे । जीवनबिमा, उत्पादनमूलक र अन्य समूहबाहेक अरु समूह ऋणात्मक रहेका हुन् ।
जीवनबिमा समूहमा १७० अंकको वृद्धि आयो । उत्पादनमूलक र अन्य समूह पनि दोहोरो अंकले सुधारिए । होटल समूहमा सबैभन्दा उच्च ६८ अंकको गिरावट आयो । निर्जीवन बिमा समूह पनि ४८ अंकले ओर्लियो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीका २८ लाख ७२ हजार कित्ता सेयर एक अर्ब १३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

