बिहानै लगनमा आगलागी एक बृद्धको मृत्यु

web photo

काठमाडौं,५ फागुन– काठमाडौंमहानगरपालिका वडा नम्बर १२ लगनमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ, भने दुईवटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
६५ वर्षीय जीवनकाजी श्रेष्ठको जलेर मृत्यु भएको आगलागी भएको स्थानमा खटिएका डिएसपी टेकुनन्द ईवा लिम्बुले जानकारी दिनुभयो । उहाँका छोरा प्रविण जलेर सामान्य घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

बिहान साढे ३ बजेतिर लगनचोकमा रहेका अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी भएको थियो । रञ्जितको पूरै घर भाडामा लिएर जीवनकाजी श्रेष्ठको परिवार बस्दै आएको थियो । घाइते प्रविणको वीर अस्पतालमा उपचार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here