बिहानै बर्षा, चिसो बढ्यो

काठमाडौं,१४ कार्तिक–  केही दिनयता राजधानीसहित देशका केहि स्थानमा तापक्रम एक्कासि गिरावट आएसँगै चिसो बढेको छ ।
गत सातासम्म काठमाडौंमा न्यूनतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियस रेकर्ड भएकामा हिजोसम्मको तापक्रम अघिल्लो साताभन्दा ३ देखि ४ डिग्रीले कमी आएको छ । अधिकतम तापक्रममा पनि ४ देखि ५ डिग्री सेल्सियसले गिरावट आएको  छ ।
मनसुनपछिको पहिलो पश्चिमी न्यूनचापीय क्षेत्रको असरका कारण देशैभर बदली भएपछि तापक्रममा गिरावट आएको हो ।
बदली र तापक्रममा आएको गिरावटसँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिनुभएको छ ।
उहाँले तापक्रम तलमाथि भइरहेको र छिटो तापक्रम घटिरहेकोले यसको असर हिमाली क्षेत्रमा बढी पर्ने वताउनुभयो ।
न्युनचापीय क्षेत्रको असरका कारण आज देशका अधिकांस ठाउँमा वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here