काठमाडौं,१ पुस–प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचनमा दोस्रो दलको रुपमा उदायको माओवादी केन्द्रलाई अबको नयाँ सरकार गठनको मुख्य भुमिका निभाउने दलका रुपमा हेरिएका समयमा बिहानै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री निवास पुग्नुभयो ।
बिहानै प्रधानमन्त्री निवासमा दाहालको आवागमनलाई कतिले थाहा पाए भने कतिलाई पत्तै भएन । जब सञ्चारमाध्ययममा प्रधानमन्त्री र दाहालको भेटवार्ता जारी भन्ने खबर आयो चासोको विषय बन्यो । प्रदेशको मुकाम, मुख्य मन्त्री, प्रदेश प्रमुख तोक्नलाई पछि हच्कीएको काम चलाउकारूपमा रहेकाे वर्तमान सरकार दाहालसंगको भेटले उर्जा थपेको बुझिएको छ । भेटमा दाहालले केहि राजनीतिक सहमतिका आधारमा वर्तमान सरकारले पनि निर्णय गर्न सकिने भन्दै सान्तोना दिनुभएको बुझिएको छ ।
भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, नयाँ सरकार गठन र राजनीतिक नियुक्ति तथा सरुवा बढुवाका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालले जनाएको छ । कामचलाउ भूमिकामा रहेको देउवा नेतृत्वकाे सरकारले अब कसरी अघि बढ्ने भन्ने विषयमा सहकार्य गर्न दाहाललाई छलफलमा बोलाएको हुन सक्ने अन्यकाे बुझाइ छ ।
निर्वाचनको परिणाम आए पनि दलहरुबीच पहिले सरकार कि संसद भन्ने विषयमा कुरा मिल्न सकेको छैन । सरकारले पहिले संसद गठन भएपछि मात्र नयाँ सरकार बन्ने भएकाले राष्ट्रपतिले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश पारित गर्नुपर्ने अडान राख्दै आएको छ, भने एमाले र माओवादीले तत्काल प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग गरिरहेका छन् ।

