बिष सेवन गरेका नेताको मृत्यु

एजेन्सी–  युद्ध अपराध गरेको ठहर भएपछि अदालतमै बिष सेवन गर्ने पूर्वबोस्नियन राजनीतिज्ञ स्लोबोदान प्राल्जाकको मृत्यु भएको छ ।
७२ वर्षीय प्राल्जाकले गरेको अपीलको सुनुवाईका क्रममा नेदरल्यान्ड्सको दि हेगस्थित अदालतले पहिला सुनाइएको २० वर्षे जेल सजायलाई यथावत् राख्ने निर्णय गरेपछि बिष सेवन गरेका थिए ।
बिष सेवन गरेपछि अस्पतालमा भर्ना गरिएको र उनको मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अदालतले उनलाई पहिला सुनाएको २० वर्षे जेल सजाय यथावत् राख्ने निर्णय सुनाएलगत्तै सानो गिलासबाट बिष पिएका थिए ।
उनले बिष पिएको भनेपछि न्यायाधीशले कारबाही रोकेका थिए । सन् १९९० को दशकको शुरुआतमा भएको युद्धका क्रममा बोस्नियाली मुसलमानहरुको जातीय सफाया गरेको अभियोगसहित अन्य अपराधका लागि दोषी ठहर गरिएका छ जनाले गरेको अपीलमाथि अदालती सुनुवाई भइरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here