बिपी विचार राष्ट्रिय समाजको भेला काठमाडौँमा हुने

काठमाडौँ, १६ जेठ । बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं. ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ । समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले भेलामा बिपी विचारलाई सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टी तीनै तहको निर्वाचनमा किन पराजित भयो भन्ने विषयमा समीक्षा हुने बताउनुभयो । भेलामा ३ नं प्रदेशका १३ जिल्लाका समाजका सदस्यको सहभागिता रहने प्रदेश संयोजक खेमराज सेढाईंले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here