बिन्दु र शमसेर लाई परियार सेवा समाजको सम्मान तथा बाधाई

बिष्णुकुमार देवकोटा
दाङ ११ असोज
परियार समुदाय बाट शिक्षक सेवा आयोग बाट स्थाई शिक्षकमा नाम निकाल्न सफल शमसेर परियार र बिन्दु परियालाई परियार सेवा समाजले सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी परियार सेवा समाज जिल्ला कार्य समिति दाङले घोराहीमा एक कार्यक्रमको आयोजना गरी शिक्षक द्धय बिन्दु र शमसेर लाई सम्मान तथा बधाई दिएको हो ।
परियार सेवा समाजका केन्द्रिय सदस्य केशव परियारको सभाअध्यक्षता एवं समाजका सल्लाहकार कमल परियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै कमल परियारले गरे के हुँदैन भन्दै दलित समुदायमा चेतना र पढ्नुपर्छ भन्ने मानसिकताको बिकास हुन जरुरीरहेको बताउनुभयो ।
कार्यक्रमा सभापतिको आसन बाट बोल्दै परियार सेवा समाजका केन्द्रिय सदस्य केशव परियारले दलित र गैह्र दलित बिचको खाडल हटाउन दलित समुदाय स्वयं पनि सच्चिनु पर्नैकुरामा जोड दिनुभयो ।
कार्यक्रमका विसिस्ट अतिथी तथा शिक्षक यम राज परियारले दलित भित्रको सोंच र दलित भित्रै रहेको विभेद हटाउन जरुरी रहेको दावी गर्नुभयो ।
कार्यक्रममा सम्मानित शिक्षक द्धय बिन्दु परियार, शमसेर परियार, गणेस परियार, खड्ग परियार लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा समाजका जिल्ला उपाध्यक्ष तेज बहादुर परियारको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रमको संचालन क्षेत्रीय सचिव क्षेत्र नं ३ जय भोला परियारले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here