बिजुली चोरीमा जनप्रतिनिधि नै संलग्न !

काठमाडौं,२ असार । बिजुली चोरीमा जनप्रतिनिधि नै संलग्न भएको पाइएको छ । बिजुली चोरी नियन्त्रण गर्ने अभियान थालेको नेपाल विद्युत्त प्राधिकरणले बिजुली चोरेर प्रयोग गरेको भेटिएपछि बिहीबार दुई वडाध्यक्ष पक्राउ परे ।

नागरिक दैनिकका अनुसार चोरी नियन्त्रणका लागि बिहीबार खटिएको विद्युत्त प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं। ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो ।

सुरक्षाकर्मीसहित खटिएको काभ्रे वितरण केन्द्रको टोलीले लम्सालले कुन्ताबेसीमा हुकिङ गरी कुखुरा फर्मममा विद्युत्त प्रयोग गरेको फेला पारेपछि उनलाई पक्राउ गरेको समाचारमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here