कोदारी राजमार्गअन्तरगत डाक्लाङ खण्डमा माथिबाट आएको खोल्साले सडक बगाउँदा यस क्षेत्रका सवारी साधन ठप्प भएका छन् । गत सोमबार र बुधवार रातिको अविरल वर्षाको कारण सिरिसे, डाक्लाङ, झिर्पु लगायतका दर्जन स्थानमा पहिरो खसेको छ।
‘साता अघिदेखिको वर्षाका कारण बढेको खोलाले सडकमा राखिएको स्लाप ढुंगा पूरै भत्किएर खसेको थियो। त्यसपछि वर्षा भएपपिच्छै डाक्लाङ खण्डको सडक अवरुद्ध हुन थालेको छ,’ प्रत्यक्षदर्शी आयोजनाका कर्मचारी होमनाथ ढकालले भने। उनका अनुसार बाह्रबिसे तातोपानी सडकखण्ड २६ किलोमिटरमा मध्यबर्खा देखि अवरोध छ। तातोपानी बजार जोड्ने नौकिलो र दशकिलो, पिप्लाङ क्षेत्रदेखि उता सडक अझै मर्मत भइनसक्दा सीमासँगको सम्पर्क टुटेको छ।
धाजा फाटेर गएपछि अझैसम्म सडकको अवरोध खोल्न सकिएको छैन। ‘पहिले सडक खोलाले बगाएपछि भास्सिएको मात्रै थियो, अहिले राजमार्गको स्थानपिच्छै सडकमा पुरा पहिरो झरिरहेको छ,’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले भने, ‘पहिरोको साथै सडक खसेकोले मर्मत गर्न सकिएको छैन्, यात्रु, बिरामी बाटैमा अलपत्र छन्।’
बाह्रबिसे तातोपानी सडकखण्डमा दैनिक जसो पहिरो झर्न थालेपछि त्रासमा छन्। पहिरोले स्थानमा जोखिम बढाएपछि सुरक्षाको लागि सशस्त्र र प्रहरी खटिरहेका छन्।

