बालिकामाथि जबरस्ती करणी गर्ने ३ जना पक्राउ

काठमाडौं,९ असार । कैलालीमा १३ वर्षीया किशोरीमाथि जबजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१५ उर्माका २५ वर्षीय कुट्टु चौधरी, २३ वर्षीय विजय चौधरी र वडा नम्बर ७ मनेहराका २५ वर्षीय झगरु चौधरी छन् ।

किशोरीलाई फकाएर जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।  किशोरीलाई घटनाका बारेमा कसैलाई भने ज्यान मार्ने धम्की दिएको परिवारले प्रहरीमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here