बालविवाह गर्ने भारतीय पक्राउ, एक वर्ष कैद फैसला

सप्तरी, २० पुस ।  बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ ।

शम्भुनाथ नगरपालिका–१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गर्ने गरेको आरोपमा सप्तरी जिल्ला अदालतले उनलाई सो सजाय दिएको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिनभयो ।

भारतीय प्रहरीको सहयोगमा २०७५ वैशाख ३० गते पक्राउ परेका मियाँ जिल्ला अदालतको आदेशमा गत जेठ २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । आरोपीले छिमेकी मुलुक भारतमा पु¥याएर २०७४ चैत २८ गते बालविवाह गरेको भन्दै बालिकाका बिजली मियाँले जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here