बालयौन दुराचारको आरोपमा विदेशी नागरिकसहित तीन पक्राउ

काठमाडौँ, ६ माघ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचारको आरोपमा विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१३ कालिमाटीस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरी तीन बालकको उद्धार गरेको ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले बताउनु भयो।

विदेशी नागरिकले नेपाली बालकलाई प्रलोभनमा पारी यौन दुराचार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा जाँच गर्दा अपार्टमेन्ट लिएर बस्दै आएका बेलायती नागरिक आयन रोवर्ट कोले र उनका दुई नेपाली सहयोगीलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेकाविरुद्ध बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुन अपराध मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ । आज अदालतबाट पाँचदिने म्याद थप गरेर उनीहरुको विषयमा अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here