वीरगञ्ज , ७ साउन- आन्तरिक मामिला तथा कानून गृहमन्त्री ज्ञानेन्द्र यादवले करीब दुई महिनाअघि जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुरबाट अपहृत नौवर्षीय अंकित साहबारे प्रदेश नं २ को सरकार गम्भीर रहेको बताउनुभएको छ ।
गत जेठ २२ गते घरबाट खेल्न निस्केका बालक साह राति अबेरसम्म घर नआउँदा छोरा अपहरणमा परेको खबर बालकका बुबा ललनले पाई जीतपुर प्रहरीलाई जानकारी दिएका थिए ।

