काठमाडाैं, २५ पुस – बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा एमाले-माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक बस्नुअघि माओवादी केन्द्रका शीर्ष नेताहरु बैठक बस्न भएका छन् । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताहरुको बैठक हुन लागेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीर्ष नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी हुनेछन् । बालकोट जानुअघि पार्टीको तर्फबाट राखिने अडानका विषयमा समान धारणा बनाउन एकता संयोजन समितिमा रहेका नेताहरु बैठक बस्न लागेका हुन् ।
माओवादी केन्द्रका नेताहरुको बैठक २ बजेदेखि सुरु हुने बताइएको छ । एकता संयोजन समितिको बैठक अपरान्ह ३ बजे बालकोटस्थित ओली निवासमा बस्दैछ ।

