एजेन्सी–३० चैत, च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ ।
आज विहान भएको च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा युभेन्ट्सले बार्सिलोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ७ औं मिनेटमै पाउलो डायबालाले गोल गर्दै घरेलु टोली युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २२ औं मिनेटमा डायबालाले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्टसले पहिलो हाफमै २–० को अग्रता लिएको थियो ।
बार्सिलोना र युभेन्टसबीच क्वाटरफाइनलको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुने छ ।

