बार्सिलोनाद्धारा रियल मड्रिडमाथि दबाब

एजेन्सी– भ्यालेन्सियालाई पराजित गर्दै बार्सिलोनाले रियल मड्रिडमाथि दबाब कायमै राखेको छ । ला लिगा फुटबलमा गएराति भएको खेलमा भ्यालेन्सियालाई आफ्नो घरेलु मैदान क्याम्प नाउमा ४–२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल मड्रिडमाथि दबाब कायमै राखेको हो।
बार्सिलोनका लागि लियोनल मेसीले दुई तथा लुइस स्वारेज र आन्द्रे गोमेजले एक–एक गोल गरेका थिए। भ्यालेन्सियाका लागि मंगाला र मुनिरले एक–एक गोल गरेका थिए।
यस्तै अर्को खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । एथ्लेटिको मड्रिडको जितमा गोडिन, एन्टोनी ग्रिजम्यान र कोकेले एक–एक गोल गरे भने सेभिल्लाका लागि जोएक्युन कोरेराले सान्तोना गोल फर्काएका थिए।
जितसँगै बार्सिलोना २८ खेलबाट ६३ अंकका साथ लिगको दोस्रो स्थानमा कायमै छ। एक खेल कम खेलेको रियल मड्रिड भने ६५ अंकका साथ शीर्ष स्थानमा छ। एथ्लेटिको मड्रिडसँग पराजित भएपनि सेभिल्ला २८ खेलबाट ५७ अंकका साथ तेस्रो स्थानमा यथावतै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here