बारपाकसम्म म्याराथुन दौड हुने

काठमाडौं,३ साउन ।  गोरखाको ऐतिहासिक लिगलिगकोटदेखि बारपाकसम्म म्याराथुन दौड हुने भएको छ । दौडेर राजा हुने प्रचलन रहेको लिगलिगकोटदेखि २०७२ बैशाख १२ को भूकम्पको केन्द्र बारपाकसम्म करिब ५० किलोमिटर दौड हुन लागेको हो ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले साउन २५ गते दौड आयोजना गर्न लागेको धार्चे मनास्लु पर्यटन विकास समिति गोरखाका अध्यक्ष साने गुरुङले जानकारी दिनुभयो । बारपाकमा भूकम्पको केही असर बाँकी छ, घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश राष्ट्रियरअन्तर्राष्ट्रिय रुपमा र्पुयाउन दौड आयोजना गरिएको हो ।

गुरुङका अनुसार पालुङटार लिगलिगकोटदेखि सुरु हुने दौड सिरानचोक गाउँपालिका हुँदै अजिरकोटको भच्चेकबाट बारपाकसम्म पुग्नेछ । पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाको सहकार्यमा दौड आयोजना गरिएको उहाँले बताउनुभयो । दौडमा स्वदेशी तथा विदेशी धावक सहभागी हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here