बाबुराम भट्टराईले ट्वीट गर्दै यस्तो भने रविन्द्र मिश्रलाई,  ‘बिबिसिमा प्रश्न गरे जस्तो सजिलो छैन मिश्र ज्यू नेपालको राजनिति’

काठमाडौँ,२९पुस । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले आफुले पार्टी फुटाउदाँ आफुलाई सोधेको प्रश्नहरु पुनः नेपाली विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई सोध्नु भएको छ ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘बिबिसिमा काम गर्दा रविन्द्र मिश्रले सोध्नु भाथ्यो ! बाउ राम जि किन पार्टी फुटाउनु भयो, कम्युनिजम किन त्यग्नु भयो, जनयुद्द भुल थियो ? अब थाहा भयो होलानी मिश्र ज्यू के को लागी पार्टी फुट्दो रैछ । बिबिसीमा प्रश्न गरे जस्तोसजिलो छैन मिश्र ज्यू नेपालको राजनिति।।’

उनले पार्टी किन र के को लागी फुट्दो रहेछ थाहा भयो होलानी भन्दै यस्तो व्यङग्यत्मक ट्विट गरेका हुन् । भट्टराईले आफुले नयाँ पार्टी दर्ता गर्दा अर्थात पार्टी फुटाउदा यस्र्त प्रश्नहरु सोध्नुभएको भन्दै रविन्द्र मिश्रको लागी यस्तो ट्विट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here