बाढी र पहिरोका पिडितको उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न गृहको निर्देशन

काठमाडौं, २७ असार ।  गृहमन्त्री रामबहादुर थापाले केही दिनयता लगातार आएको वर्षाका कारण गएको बाढी र पहिरोका पिडितको उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न  सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको छ ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीहरु तदारुकताका साथ लागिरहेको दावी गर्नुभयो । सामाजिक सन्जाल मार्फत गृहमन्त्रीले घटनाले र्पुयाएको क्षतीप्रति दुख व्यक्त पनि गर्नुभएको छ ।

उहाँले राहत तथा उद्दारमा कुनै कसर बाँकि नराख्न निर्देशन दिईसकिएको छ । आ–आफ्नो ठाउँबाट सहयोग गर्नुहुन स्थानीय, नागरिक समाज, रेडक्रस, पार्टी कार्यकर्ता लगायत सबैमा अपिल गर्दछु भन्नुभएको छ । साथै सुरक्षा सतर्कता अपनाउन समेत सबैमा आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here