बाढी र पहिरोका कारण असोज २ गतेमा हुने निर्वाचनमा चुनौती थपियोः आयुक्त डा.यादव

सप्तरी, ५ भदौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले बाढी र पहिरोका कारण प्रदेश नं २ मा यही असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा चुनौती थपिएको बताउनुभएको छ ।

सप्तरीको राजविराजस्थित जिल्ला निर्वाचन कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले बाढी पहिरोका कारण देशमा व्यापक धनजनको क्षति भएको र बाढीपीडितको अवस्था अत्यन्त गम्भीर भएकाले सरकार र स्थानीय प्रशासनले छिटो समस्याको समाधान गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

“असोज २ गतेको स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नराेकिने उहाँले बताउनु भयाे । निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी हुनेुका साथै निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँदलीरहित हुने यादवको भनाइ छ । प्रदेश र संसद्को निर्वाचनको तयारी भइरहेको र प्रदेश नं २ मा हुने निर्वाचनमा पूर्ण सुरक्षाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उहाँले सप्तरीलगायत अन्य जिल्लाका बाढीपीडितको अवस्था अनुगमन गरेको उल्लेख गर्दै सञ्चार माध्यमले यसअघि भएको स्थानीय तहको निर्वाचन शान्तिपूर्णमा सम्पन्न गराउन खेलेको भूमिकाको सहराना गर्नुभयो । मतदाता शिक्षाको कार्यक्रम तथा पत्रकारका लागि समेत मतदाता शिक्षा कार्यक्रम पठाउने बताउँदै निर्वाचन अचारसंहिताको पालना सरकार र राजनीतिक दलबाट भए÷नभएको सम्बन्धमा पत्रकारले निगरानी गर्नुपर्ने आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here