काठमाडौं,२९ असार । लगातारको बाढी र पहिरोले देशभरमा अहिलेसम्म ४५ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयको राष्ट्रिय आपतकाल केन्द्रका अनुसार हालसम्म ४५ जनाको मृत्यु भएको र २२ जना बेपत्ता भएका, २९ जना घाइते भएको जनाएको छ । मृत्यु हुनेमा सबै भन्दा धेरै ललितपुरमा ७ जनाको रहेका छन् ।
त्यस्तै भोजपुरमा ५ जना, ओखलढुंगामा ४ जनाको मृत्युभएको छ । खोटाङ, काठमाडौं मकवानपुरमा ३ र ३ जनाको मृत्यु भएको छ । मोरङ, बारा, सिन्धुली, झापा र धादिङमा २ र २ जनाको मृत्युभएको छ । इलाम, सप्तरी महोत्तरी, सर्लाही, रौतहट, पर्सा, पाँचथर, रामेछाप,पाल्पा, डोल्पा र दाङमा १ र १ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोमा १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएको केन्द्रको तथ्यांक छ । सबैभन्दा धेरै बिस्थापित हुनेमा सिरहामा ५ हजार सर्लाहीमा ३ हजार बारामा १६६५ मोरङमा ४००, रौतहटमा २०० घरधुरी र पर्सामा १ सय २० घरघुरी बिस्थापित भएका छन् ।

