बाढी पहिरोबाट पुगेको क्षतिप्रति प्रधानमन्त्रीको दुःख व्यक्त

काठमाडौं,२७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै राहत र उद्धारका तदारुकताका साथ गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको पनि उल्लेख गर्नुभएको छ ।

यस्तै पूर्व सूचना प्रणालीलाई अझ बढी प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेको भन्दै पनि बताउनुभएको छ । बाढीसँगै उद्दारका लागि तदारुकतासाथ सुरक्षाकर्मी परिचालन गरिएको छ र पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय छन् ।

सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुईदेशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको छ उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी नदीको बहाव खुलाउने काम भइरहेको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here