डोटी,२२ बैशाख । डोटीमा बाख्राको मासु खादा एकै गाउँपालिकाका १५ जना विरामी परेका छन् । आदर्श गाउँपालिका–१ मा बाख्राको मासु खाँदा भेलगडाका १५ जना बिरामी परेको स्थानीय प्रशासनले जनाएको छ ।
केहि गम्भीर भएका छन् । मासु खाएर बिरामी परेकामध्ये १२ जनाको दिपायलको शैलेश्वरी अस्पताल र बाँकी तीन जनाको स्थानीय मौवा स्वास्थ्य चौकीमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताउनुभयो ।
शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक तथा निर्देशक आईजंङ्ग कुँवरले बाख्रामा भएको समस्याका कारण मानिसहरु विरामी भएको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको बताउनुभयो ।

