बाँके हाईस्कुल अस्थायी ट्राफिक पोस्टलाई प्रहरी विट हस्तान्तरण

बाँके
कोहलपुर ५ कात्तिक
सुरज मेघनाथ /प्रयाग गुप्ता

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा अस्थायी प्रहरी विट सहयोग गरिएको छ। बाँके कोहलपुर स्थित हाई स्कुल अस्थायी ट्राफिक प्रहरी पोस्टलाई नब निर्मित विट हस्तान्तरण गरिएको छ। आज मंगलबार बिहान कोहलपुर उपमहानगरपालिका वडा न १० का अध्यक्ष निम बहादुर चलाउने ज्यु ले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके का प्रमुख पबिन्द्र बम लगायत सहयोगी संस्थाका सन्चालक युवक डाँगी ज्युको उपस्थितिमा नब निर्मित प्रहरी विट हस्तान्तरण गरिएको हो। हाईस्कुल ट्राफिक पोस्टका प्रमुख ट्राफिक प्रहरी हवल्दार तप्त बहादुर थापाको पहलमा डाँगी ग्रिल एण्ड आल्मुनियम वर्कसपले अस्थायी ट्राफिक विट हस्तान्तरण गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here