बाँके नेपालगञ्ज
असोज २८ गते
भीम नेपाली,प्रयाग गुप्ता
नेपालगन्जमा रहेका सहकारी वित्तीय विकास संस्थाका बचत कर्ताले रकम फिर्ता माग गर्दै नेपालगञ्जमा जिल्ला अदालत अगाडि र जिल्ला सरकारी वकिल कार्यालय अगाडि प्रदर्शन गरेका छन्। पैतिस करोड भन्दा बढीको घोटाला भएकाे सहकारीका अभियुक्तहरुलाई अदालतमा उपस्थित गराउने तयारी भइरहदा बचतकर्ताहरुले प्रदर्शन गरेका छन्।सो धर्ना कार्यक्रम मा सयौ जना को उपस्थिति थियो। सबै को हात मा प्ले कार्ड मा विभिन्न माग सहित को नारा लेखेका थिए। सहकारी रकम सुरक्षा गर, अपराधीलाई कारबाही होस्, हाम्रो रकम फिर्ता गर लगायतका प्लेकार्ड बोकेर नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। नेपालगन्ज,खजुरा र बैजापुरमा शाखा सञ्चालन गरेर धेरै जनाको रकम संकलन गरेको सहकारी उच्च कर्मचारीहरुले नै रकम हिनामिना गरेका थिए। आफ्नै रकम फिर्ताका लागि नियमित आन्दोलन गरिरहेका बचतकर्ताहरुले जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालयको अगाडि प्रदर्शन गरेका छन्।

