बाँके को गणेशपुरमा एकजना युवकको शंव फेला

सुरज मेघनाथ/ मंसिर १७ ,बाँके

नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरमा एकजना युवकको शवं फेला परेको छ । गणेशपुर स्थित कोही नबस्ने एक घरमा सोही ठाउँकै अन्दाजी ३१ वर्षका रत्न शाही नाम रहेका ब्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
शाहीको हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्नेबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । शवं कुहिएको अवस्था रहेको बताइएको छ । स्थानीयबासीले भने उनको कसैले हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here