सुरज मेघनाथ/प्रयाग गुप्ता
नेपालगन्ज पुस १
बाँकेका सितलहर र बाक्लो हुस्सु सुरु भएपछि जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि सुरुभएको सितलहर र चिसो हावाको कारण जनजीवन नराम्रोसँग प्रभावित भएको हो।कठ्याङ्ग्रीदो जाडो अनि सितलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणहरु घरबाट बाहिर निस्कन सकेका छैनन्।जाडोका कारण बिहान स्कुल एवम कलेज पढ्ने विद्यार्थीहरु, कलेज पढाउने शिक्षकहरु लगायत बिहानै काम गर्ने मजदुरहरु धेरै प्रभावित बनेका छन।जाडोका कारण बृद्ध–बृद्धा र केटाकेटीहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।
सितलहरसंगै अत्याधिक जाडो बढेपछि बालबालिकाहरुमा निमोनिया र स्वासप्रश्वासको संक्रमण बढेको छ ।
बाक्लो हुस्सु र कुहिरोका कारण सितलहरले गर्दा जनजीबन प्रभावित भएको स्थानीय बासिन्दाहरुले बताएका छन् । सितलहर बढेपछि स्थानीय बासिन्दाहरुले बिहानै देखि ठाउँ–ठाउँमा आगो बालेर ताप्न सुरुवात गरेकाे देखिन्छ ।

