बाँकेको विद्युत् अनियमितताको समस्या पनि छिट्टै अन्त्य गर्ने

नेपालगन्ज, ३ असार-शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जलाई नमूना शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

बाँके जिल्ला समन्वय समितिले आज यहाँ आयोजना गरेको अन्तरक्रियात्मक छलफल कार्यक्रममा उहाँले नेपालगन्जको विद्युत् अनियमितताको समस्या पनि छिट्टै अन्त्य गर्ने, औद्योगिक विकासका पूर्वाधार बढाउँदै जाने र सार्वजनिकस्तरका भौतिक पूर्वाधारको निर्माणका लागि सक्दो प्रयास गर्ने आश्वासन पनि दिनुभयो ।

मन्त्री राईको थप भनाइ थियो, “अब बाँके जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाले पनि नागरिकलाई साथ लिएर काम गर्न सक्नुपर्छ, त्यसो गरियो भने मात्र विकास र समृद्धिमा नेपालगन्ज अगाडि बढन सक्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here