बहुमतले पारित भयो चिकित्सा शिक्षा विधेयक, के आजैदेखी अनसन बस्लान् डा. केसी ?

काठमाडौँ,२५पुस । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित गरेको छ । समितिको आज बसेको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमतका आधारमा पास भएको प्रतिवेदनमा डा. गोविन्द केसीसँग भएको सहमति तोडिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने विपक्षमा मत दिएको छ । कांग्रेसले भने डा. केसीसँग भएको सहमतिअनुसार नै प्रतिवेदन पास हुनुपर्ने मत राखेको छ ।

विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए भने विपक्षमा प्रतिपक्षका ४ जनाले मत दिएको थियो ।यसैवीच सरकार र प्राध्यापक डा. गोविन्द केसीबीचको सम्झौता कार्यान्वयन हुने सम्भावना घटेको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनमाथि छलफलक्रममा नेकपा सांसदहरूले केसीसँग भएको सम्झौता हुबहु राख्न नसकिने बताएका थिए । उपसमितिले बहुमतबाट पारित गरेको प्रतिवेदन सोमबार समिति बैठकमा पेस गरिएको थियो ।

यसअघि उपसमितिको प्रतिवेदनप्रति असहमति जनाउदै डा। गोविन्द केसीले अनसन बस्ने घोषणा गरेका थिए । तर, समिति सभापतिजयपुरी घर्तीले संशोधन गर्न सकिने भन्दै केही दिन समय मागेपछि उनले आजसम्म अनसन स्थगन गरेका थिए ।

डा. केसी अनसनका लागि इलाम पुगिसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here