बहिरा व्यक्तिको हकहित र अधिकार संरक्षण गर्नुपर्ने:प्रेम सुवाल

भक्तपुर, ३ भदौ: प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सरकारले बहिरा व्यक्तिको हकहित र अधिकार संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

भक्तपुर बहिरा सङ्घको आज सम्पन्न ११औँ अधिवेशन तथा २२औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले आफूले बहिरा व्यक्तिको पक्षमा सरकारले बनाएको कानूनलाई कार्यान्वयन गराउन प्रतिनधिसभामा आवाज उठाइरहेको बताउनुभयो ।

सञ्चारबिहीन रहेका बहिरा व्यक्तिको हितका लागि सरकारले दोभासेको व्यवस्था गर्नुपर्ने र उनीहरुलाई रोजगारमूलक सीप विकासमा लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले कानूनमा व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिको हक अधिकारलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले आमनागरिक र बहिरा व्यक्तिकाबीच प्रत्यक्ष संवादको माध्यम दोभासे भएकाले सरकारले बहिरा व्यक्तिको सङ्ख्याका आधारमा हरेक स्थानीय तहमा दोभासेको व्यवस्था गर्न माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here