दाङ,७ चैत । बहिनीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा दाई कुटिएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं १८ निवासी जीतबहादुर चौधरी होली खेल्न निस्किएको युवाहरुको समुहबाट कुटिएका हुन्।
चौधरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रहेको र घर विदामा आएको समयमा होली खेल्न निस्किएको समुहबाट कुटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
बहिनी शोभा चौधरीलाई दश÷बाह्र जनाको संख्यामा रहेका युवाले बलजफ्ती लखेटी–लखेती अविर दल्न थालेपछी दाजुले त्यसो नगर्न आग्रह गर्दा समूहले कुटपिट गरेको हो।
घाइते चौधरीको बाँकेमा उपचार भईरहेको छ । कुटपिटमा संलग्न एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले १८ बर्षीय केशर बस्नेतलाई पक्राउ गरिएको बताउनुभयो ।

