बहालवाला सहसचिव भन्दै साढे पाँच करोड ठगी

काठमाडौं,१२ चैत । गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने रौतहटका ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले क्यानाडा लैजाने भन्दै ७० जनाभन्दा धेरै युवासँग रकम असुलेका थिए ।

परिसरमा ६ जनाले जाहेरी दिएपछि यादवलाई पक्राउ गरिएको प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले बताउनु भयो । बोगटीका अनुसार यादवले ६ जनाबाट मात्रै एक करोड ८४ लाख रुपैयाँ असुल गरेका थिए । उनले प्रतिव्यक्ति पाँच लाख देखि १५ लाख रुपैयाँसम्म असुल गरेको जाहेरी परेको छ । पीडितको बयानअनुसार यादवले साँढे पाँच करोड रुपैयाँ ठगी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here