काठमाडौं,५ जेठ । झापाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खसेको छ । ना ७ ख ४३८७ नम्बरको बस धादिङको आदमघाट नजिकै दुर्घटनामा परेको हो ।
गजुरी प्रहरीका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या पाँच पुगेको छ । १४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने केहीको गल्छी र गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा तीनजना पुरुष र एकजना महिला भएको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिनुभयो । दुर्घटनामा २९ जना घाइते भएका छन् । बस पानीमा आधा डुबेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने र अहिले पनि उद्धार कार्य जारी रहेको बताउनुभयो ।

