बिष्णुकुमार देवकोटा
दाङ ४ मंसीर
राष्ट्रव्यापी नृत्य बिद्याको महासंग्राम (डिआईडिड)को टाईटल कलाप्रेमी अभियान बस्नेतले गर्नुहुने भएको छ ।
नृत्य बिद्याको सफल कार्यक्रम डान्स आईकन नेपाल (डआईडि)को तेश्रो संस्करण सीजन ३ का लागि बस्नेतले टाईटल प्रायोजन गर्नलाग्नुभएको डि टेन इन्टरटेन्मेन्ट प्रा.लि.का अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभएको छ ।
दाङ बाट संचालन हुने सर्बाधिक धनराशीको नृत्य बिद्याको प्रतिस्पर्धात्मक नृत्यको महासंग्रामका अघिल्ला दुई संस्करणहरु सर्बाधिक सफल कार्यक्रम मानिन्छन् छन् ।
दाङ लाई अधार बनाएर अनलाईन संस्करण मार्फत दृशै भरी र स्थलगतरुपमा प्रदेश नं ५ भरीका जिल्लाहरुमा अडिसन लिई संग्रामको तयारी गरीएको आयोजकले जनाएको छ ।
“डान्स आइकन नेपाल (डिआईडी) सर्बाधिक सफल र नव नृत्यकलाकारहरुको उच्चतम फोरम भएककाकारणले मैले टाईटल प्रयोजन गर्नै निर्णय गरेको हुँ” समाजसेवी अभियान बस्नेतले भन्नु भयो ।
डान्स आइकन दाङ मा विभिन्न टाईटल बिजेताहरु नेपालकै ठूलो टिभी रीयालिटी शो छमछमिमा आफ्नो अबसरहरु देखाई सकेका छन् ।
छमछमिको दोश्रो र तेश्रो संस्करणमा डिआईडिकै एलेक्स बि.क. (पारस) र आकाश बिके (टप ५) सम्म पुग्न सफल भईसकेका छन् ।
यसै बिच आयोजकले कार्यक्रमको सम्पुर्ण तयार पुरा भएको जनाएको छ ।

